एजेन्सी । सत्यनारायण व्रत कथा होस् वा बृहस्पतिबार व्रत तथा पूजा गर्दा केराको रुख जरुरी रुपमा पूजाका लागि राखिन्छ ।
प्राचीन कालदेखि नै रुखको पुजा बिहीबारका दिन गरिन्छ । हिन्दु धर्म ग्रन्थहरुका अनुसार केराको रुखमा भगवान विष्णु र माता लक्ष्मीको बास हुन्छ । धार्मिक ग्रन्थहरुमा यो पनि भनिएको छ कि बिहीबारका दिन केराको रुखको पूजा गर्नाले जीवनमा सुख, शान्ति र वैभवको कमी हुँदैन ।
हिन्दु पौराणिक कथाका अनुसार एकपटक दुर्वासा ऋषिले आफ्नी श्रीमतीलाई निद्रामा बाधा गर्नका लागि क्रोधित भएर श्राप दिएर भनेका थिए, अबदेखि तिमी केराको रुखमा परिणत भए । बिहीबारको व्रत कथा तथा पूजामा केराको रुखलाई पूजा नगरेसम्म पूजा सम्पूर्ण हुँदैन । बिहीबार व्रत गर्ने श्रद्धालुहरुले केराको रुखको पूजा अवश्य गर्नुपर्दछ ।
सत्यनारायण व्रत कथा, विवाह तथा अन्य पूजामा पनि मण्डप बनाउनका लागि केराको बोटको नै प्रयोग गरिन्छ । केराको रुखको मण्डप बनाएर मात्र भगवान सत्यनारायणको पूजा शुरु गरिन्छ । हिन्दु धर्ममा पूजाका लागि उपयोग गरिन्छ । यसको हरेक हिस्सालाई पवित्र तथा शुद्ध मानिन्छ त्यसैले पूजापाठ तथा धार्मिक कार्यहरुका लागि केराको बोट, फल तथा पातहरुको प्रयोग गरिन्छ ।
त्यस्तै धार्मिक महत्वको कुरा गर्दा केराको रुखलाई सौभाग्य तथा समृद्धिको प्रतिकको रुपमा मानिन्छ । त्यसैले गणपतिको पूजामा पनि कैयौं ठाउँमा यसका पातलाई गणेश सामु चढाइन्छ ।
Facebook Comment
Comment