गर्मीमा घुम्न निस्कँदा साथमा राख्नुपर्ने सौन्दर्य सामग्री

नेपालभ्युज

गर्मीमा घुम्न निस्कँदा साथमा राख्नुपर्ने सौन्दर्य सामग्री

एजेन्सी । यात्राका क्रममा सबैभन्दा ठूलो चिन्ता अनुहारको हुने गर्दछ । यात्राको क्रममा छाला तथा अनुहारमा विशेष ध्यान दिनुभएन भने बिग्रन्छ ।

जसले गर्दा डन्डीफोर, दागधब्बा आउने वा घामले जल्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छन् । त्यसैले आज हामी यात्राका क्रममा लिएर हिँड्नु पर्ने सौन्दर्य सामग्री बारे बताउनेछौं ।

सनस्क्रीन

यात्रा गर्नुअघि सनस्क्रीन अनिवार्य रुपमा लगाउनुहोस् । यसलाई अनुहारबाहेक घाँटी, हातखुट्टामा पनि लगाउनुहोस् । सनस्क्रीन क्रिम साथमा लिएर पनि हिँड्नुहोस् ।

ओंठको ध्यान दिने

यात्राका क्रममा ओंठमा लिपबाम लगाउन नर्बिसनुहोस् । यात्राको क्रममा हावा तथा धुलोले ओंठ फुट्न सक्छ त्यसका लागि सधैं साथमा लिपबाम लिएर हिँड्नुहोस् ।

मोइस्चराइजर

अर्को अनिवार्य सामग्रीमा मोइस्चराइजर पर्दछ । यात्राको क्रममा अनुहार तथा छालालाई मोइस्चराइज राख्नु एकदमै आवश्यक हुन्छ । यसले छाला सधैं हाइड्रेट देखिन्छ ।

टोनर

यात्राका क्रममा छालाको पिएच लेवल सन्तुलित गर्न अनुहार धोएपछि टोनर लगाउनु अनिवार्य हुन्छ । त्यसैले यसलाई पनि साथमा राख्नुहोस् ।

फेसवास

यात्राका क्रममा फेसवास त अनिवार्य नै हुन्छ । किनकी दिनभरको धुलो माटो वा बाहिरी प्रदुषणमा घुमेपछि साँझमा राम्रोसँग अनुहारलाई धुनु जरुरी छ ।

छालालाई हाइड्रेट राख्ने

यात्राको बेला हामी खानपान तथा पानीमा ध्यान दिँदैनौं । कुनैबेला धेरै खाने वा कुनै बेला खाँदै नखाने खालको स्थिति हुन्छ । त्यसैले खाना यताउता भए पनि पानी भने अवश्य पिउनुहोस् । शरीरलाई हाइड्रेट राख्न यो एकदमै आवश्यक हुन्छ ।

बेबी आयल

लामो यात्रामा जानुभएको छ भने कतिपय अवस्थामा मेकअप लगाउने स्थिति पनि हुन सक्छ । त्यसका लागि मेकअप निकाल्न बेबी आयल प्रयोग गर्न सकिन्छ । यसले अनुहारलाई खराब असर नगरिकन मेकअप सजिलै उतार्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved