कौशी थिएटरमा चलिरहेको ‘त्रयम्’ हेर्नुहोस् तस्वीरमा (फोटो फिचर)

कौशी थिएटरमा चलिरहेको ‘त्रयम्’ हेर्नुहोस् तस्वीरमा (फोटो फिचर)

काठमाडौं। थिएटर भिलेजको प्रस्तुति ‘ नाटक त्रयम्’ टेकु स्थित कौशी थिएटरमा मञ्चन भैरहेको छ।

जेठ १२ गतेदेखि मञ्चन भएको नाटकमा महिलाले आफूमाथि भएको थिचोमिचो र हिंसाविरूद्ध गरेको विद्रोहलाई देखाइएको छ। ‘त्रयम्’मा, काठमाडौंमा एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन जना युवतीको कथा समेटिएको छ । एक-अर्कासँग पटक्कै नमिल्ने स्वाभाव भएका तीन युवती नजिक हुन नसके तापनि सँगै बस्न बाध्य छन् ।

आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घटेको घटनाक्रमले एक-अर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको मुख्य सार हो ।

महिलाहरू परिवारका सदस्य तथा छिमेकका पुरूषबाट नै हिंसामा पर्ने गरेको घटनालाई नाटकमा उजागर गर्न खोजिएको छ। ‘त्रयम्’मा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यको शीर्ष भूमिका रहेको छ। साथै नाटकमा श्रवण रानामगर, नाथन रायन भण्डारी लगायतको पनि अभिनय रहेको छ।

दिलीप रानाभाटको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक यहि जेठ २८ गतेसम्म साझ ५:३० बजे मञ्चन हुने छ। शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ।  तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved