गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि र पर्यटनलाई जोड

नेपालभ्युज

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि र पर्यटनलाई जोड

काठमाडौं। गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनलाई जोड दिँदै आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘प्रदेश सरकारको साझेदारी,बाँझो रहन्न खेतवारी’ भन्ने अभियानसहित बाँदर प्रभावित क्षेत्रहरूलाई केन्द्रित गरी प्रदेश भित्रको दुग्ध तथा मासुजन्य पदार्थको निर्यात प्रवर्द्धन र वाली विकासलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ । खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउनुका साथै यसबाट लाग्ने विद्युत महशुलमा अनुदान दिने पनि निति तथा कार्यक्रममा उल्लेख छ।

पाइलट प्रोजेक्ट सञ्चालन र उत्पादनमा आधारित अनुदान तथा बाली बिमालगायत कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
“>


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved