काठमाडौं। सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफलमा भागलिन यसअघि नै नाम टिपाएका सांसदले बोल्न नपाउँदै प्रधानमन्त्रीले बोल्न खोजेपछि विवाद उत्पन्न भएको छ । विवादका कारण संसद बैठक १ घण्टा २० मिनेट ढिलो सुरु भयो।
आजको कार्यसूचीमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम थियो। त्यसैले प्रधानमन्त्रीले सुरुमै बोलेर निस्कने भनेपछि विवाद भएको हो।
नाम टिपाएर पनि बोल्न बाँकी रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसका केही सांसदले आफुहरुले बोल्नै बाँकी भएको बिषयमा ‘प्रधानमन्त्रीले के जवाफ दिनुहुन्छ ?’ भन्दै आपत्ति जनाएपछी बैठक बस्न ढिलाई भएको हो।
नीति तथा कार्यक्रममा सबैले बोलेपछि मात्रै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको भनाई थियो। यसैबिषयमा विवाद बढ्दै गएपछि ११ बजे बस्ने भनिएको संसद बैठक १२ः२० मा मात्रै सुरु भएको छ । बैठक सुरु हुनु अगाडी प्रधानमन्त्री प्रचण्डसँग बोल्न नपाएका भनिएका सांसदले भेटेर छलफल गरेका थिए।
संसद बैठक सुरु भए लगत्तै नेकपा एमालेले हंगामा गरेको छ।
Facebook Comment
Comment