काठमाडौं। बागलुङको इमेज सहकारीबाट ७० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका एमाले नेता एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई एमाले गण्डकीले निलम्बन गरेको छ।
बुधबार नेकपा एमाले गण्डकी प्रदेश कमीटी सचिव धनञ्जय दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सदस्य नेपालीलाई घटनाको निरुपण नहुँदासम्म निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ–‘बागलुङ जिल्लामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका ‘बचतकर्ताहरूको बचत हिनामिना भएको’ भनी विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति हाम्रो पार्टी नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यसैगरी, बचतकर्ताहरूले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीहरूलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको भन्दै एमालेले घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरूलाई बचतकर्ताको सम्पूर्ण रकम शिघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुर्याउनसमेत एमालेले आग्रह गरेको छ।
Facebook Comment
Comment