काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ ।
आज बैंकिङसहित अन्य केही उपसूचकमा गिरावट हुँदा नेप्सेमा ३.२९ अंकको सामान्य वृद्धि भएको हो । बैंकिङ उपसूचक ०.११ प्रतिशत र अन्य उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ । यस्तै, निर्जीवन बिमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका छन् ।
बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने घट्दै गएको छ । आइतबार ९० करोड र सोमबार ७३ करोडमा झरेको सेयर कारोबार मंगलबार झनै घटेर ६४ करोड १ लाखमा आइपुगेको छ ।
मंगलबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६३ कम्पनीको सेयरमूल्य घट्दा १७ कम्पनीको स्थिर छ ।
Facebook Comment
Comment