काठमाडाैं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्षलाई नेपाल बोलाएर राष्ट्रघाती सम्झाैताको षडयन्त्र हुन लागेको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आरोप लगाएका छन्।
आज (शुक्रबार) बिहान एक ट्वीट गर्दै रावलले सरकार जनअनुमोदित नभएको र देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त नभएको लेखेका छन्।
एमसीसीकी उपाध्यक्ष फतिमा सुमार यस परियोजना नेपालमा लागु गर्ने विषयमा छलफल गर्न सेप्टेम्बर ९ मा नेपाल आउन लागेकी छिन्।
५ सय मिलियन अमेरिकी डलर अनुदानको यो परियोजना नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन हुन सकिरहेको छैन। यस्तोमा सुमारको नेपाल आगमनलाई लिएर धेरैतिर आशंका र विरोधका स्वरहरू सुनिन थालेका छन्।
अमेरिकी दूतावासले जनाएअनुसार एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स ५ दिन नेपालमा रहनेछन्।
Facebook Comment
Comment