काठमाडौं। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत बारका वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन्। नेपाल बार एशोसिएसनको भवनबाट छिर्ने गेटबाट वकिलहरू सर्वोच्च छिरेर मुलगेटमा धर्नामा बसेका हुन्।
यसअघि शुक्रबार गेटबाहिरबाटै धर्ना दिएका वकिलहरू आइतबार भित्रै छिरेर धर्नामा बसेका हुन्। प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा आउजाउ गर्ने १ नम्बर गेटमा भने न्यायाधीशहरूलाई प्रहरीले जान दिएको छैन। शुक्रबार सोही गेटबाट प्रधानन्यायाधीश जबरा सर्वोच्च छिरेका थिए।
बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताएको छ।
आन्दोलनका क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई आफ्ना विचौलियालाई नियन्त्रणमा राख्न आग्रह गरेका छन्। धर्नारत वकिलहरूलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराले घूसपैठ गरेर आन्दोलन असफल पार्न खोजेको आरोप उनले लगाए।
*शीर्षक परिवर्तन गरिएको
Facebook Comment
Comment