काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।
स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनको सांसद पनि पनि खारेज भए पनि श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।
उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
Facebook Comment
Comment