तनहुँ। तनहुँमा घरमा ट्रक ठोक्किएर घाइते भएकामध्ये ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान बन्दीपुर गाउँपालिका वडा नं. ५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना. ४ ख १९७३ नं.को ट्रकले सडकछेउको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।
दुर्घटनामा ८ जना घाइते भएका थिए । घाइते सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । उपचारको क्रममा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुष भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेकाे प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
Facebook Comment
Comment