गर्मीमा कसिलो लुगा लगाउँदा योनीको स्वास्थ्यमा हुन सक्छ यस्ताे हानी

कसिलो लुगाले गर्दा योनी वरिपरि धेरै पसिना आउन सक्छ, जसले गर्दा संक्रमण पनि हुन्छ। यसरी नै योनीको स्वास्थ्यमा गम्भीर असर समेत पर्न सक्छ।

नेपालभ्युज

गर्मीमा कसिलो लुगा लगाउँदा योनीको स्वास्थ्यमा हुन सक्छ यस्ताे हानी

एजेन्सी । जाडो मौसममा मोटा तथा कसिलो लुगाहरु नै न्यानो मानिन्छ भने गर्मीमा पातला तथा खुकुला कपडाहरु नै आरामदायी हुन्छन्। गर्मीमा पसिना धेरै आउने भएकाले पनि कसिलो लुगा शरीरमै टाँसिएर एकदमै असहज स्थिति सिर्जना गर्छ।

जसले गर्दा चिलाउने तथा विभिन्न खालको एलर्जी पनि आउन सक्छ । यसले शरीरलाई नोक्सान गर्नुका साथै योनीको स्वास्थ्यलाई पनि प्रभावित पार्दछ।

कसिलो लुगाले गर्दा योनी वरिपरि धेरै पसिना आउन सक्छ, जसले गर्दा संक्रमण पनि हुन्छ। यसरी नै योनीको स्वास्थ्यमा गम्भीर असर समेत पर्न सक्छ।

कसिलो लुगाले सिधै योनी स्वास्थ्यमा प्रभावित पार्दछ । यसले गर्दा नसा कमजोर हुन सक्छन्, जसले पछि गएर प्रजनन स्वास्थ्यलाई पनि हानी गर्छ। त्यस्तै यदी तपाईं एकदमै कसिलो लुगा लगाउनुहुन्छ भने यसले युटीआई को समस्या पनि निम्त्याउन सक्छ।

खासगरी कसिलो लुगाको कारणले छालालाई स्वास फेर्न पनि गाह्रो हुन्छ जसले गर्दा योनीमा संक्रमण हुने, सेतो पानी बग्ने तथा चिलाउने जस्ता समस्याहरु देखिन्छन्।

खासगरी कसिलो लुगाको कारणले छालालाई स्वास फेर्न पनि गाह्रो हुन्छ जसले गर्दा योनीमा संक्रमण हुने, सेतो पानी बग्ने तथा चिलाउने जस्ता समस्याहरु देखिन्छन्।

कसिलो कपडा लगाउँदा तपाईंको पूरै शरीर नै तनावमा हुन्छ। यसकारण रगत सञ्चालनमा पनि असर पर्दछ । जसले गर्दा सिधा असर नसाहरुमा पर्न जान्छ यसले तल्लो पेट दुख्ने खालको समस्या निम्तिन्छ।

त्यसैले गर्मीमा एकदमै कसिलो लुगा लगाउनबाट बच्नुहोस्। सकेसम्म सुतीका नरम तथा खुकुला लुगाहरुको प्रयोग गर्नु राम्रो हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved