एजेन्सी । नवजात शिशुलाई ग्यास हुनु भनेको सामान्य कुरा हो । बच्चालाई प्रायः ग्यास भइरहेको हुन्छ ।
एउटा शिशुले दिनमा १० देखि १५ पटक ग्यास पास गर्न सक्छ । तर कतिपय अवस्थामा ग्यास बढ्दै जाँदा बच्चालाई एकदमै अप्ठेरो हुन सक्छ ।
आज हामी यहाँ नवजात शिशुलाई ग्यास भएको कसरी थाहा पाउने र यसलाई कम गर्ने उपाय बारे बताउनेछौं ।
नवजात शिशुको पेटमा ग्यास भएको लक्षण
- डराउने तथा चिडचिड हुने
- शिशुको शरीर फुलेको जस्तो देखिने
- शिशु एकदमै जोडजोडसँग रुने
- खुट्टालाई पेटतिर खुम्च्याइराख्ने
- पेटतिर हात लग्ने वा रगड्ने
- बच्चाको पेटबाट आवाज आउने
- पटक पटक डकार्ने
ग्यास भएमा उपचार विधि
हिंग लगाउने
बच्चाको पेटलाई निको पार्न हिंगको प्रयोग गर्न सकिन्छ । ग्यास भएको खण्डमा शिशुको नाइटोमाथि हिंग पानी हल्का हल्का तरिकाले लगाउनुहोस् । यसो गरेमा ग्यासबाट तुरुन्तै राहत पाउन सकिन्छ ।
यसबाहेक शिशुको पेटमा ग्यास भएको खण्डमा पेटमाथि र नाइटो वरिपरि हिंगको पेस्ट बनाएर लगाउन पनि सकिन्छ । यसले ग्यास बाहिर निस्कन्छ र बच्चालाई सहज हुन्छ ।
शिशुलाई मालिस गर्ने
नवजात शिशुलाई ग्यासबाट राहत दिन बच्चाको सम्पूर्ण शरीर मालिस गर्न सकिन्छ । शिशुलाई मालिस गर्दा पेटमा अड्केको ग्यास बाहिर निस्कन थाल्छ ।
शिशुलाई डाढको बलमा सुताउनुहोस् र पेटमा गोलो गोलो तरिकाले हल्का मालिस गर्नुहोस् । त्यस्तै मालिसका लागि ‘आइ लव यू’ को तरिका पनि अपनाउन सकिन्छ ।
त्यसका लागि I L U लेख्ने प्रयास गर्नुहोस् । यसरी मसाज गर्दा शिशुलाई ग्यासको समस्या लामो समय रहँदैन ।
दुध खुवाउँदा टाउको माथि
यदि तपाईं नवजात शिशुलाई बोतलबाट दुध खुवाउनुहुन्छ भने टाउको पेटदेखि थोरै माथि राख्नुपर्छ । कतिपय अवस्थामा शिशुले बोतलको दुध एकदमै जोडले चुस्ने गर्छ जसले गर्दा हावा पेटमा जान पनि सक्छ ।
दुध खुवाउँदा शिशुको टाउको माथि गराएमा दुध पिउँदा बन्ने ग्यास माथितिर आउँछ । यसो गरेमा शिशुले सजिलैसँग डकार लिन्छ र ग्यास बाहिर निस्कन्छ ।
Facebook Comment
Comment