गर्मीमा शरीरको गन्ध हटाउन कागतीको प्रयोग

नेपालभ्युज

गर्मीमा शरीरको गन्ध हटाउन कागतीको प्रयोग

एजेन्सी । गर्मीमा शरीरको तापक्रम बढ्नुका कारण एकदमै पसिना आउँछ । पसिनासँगै शरीरबाट हानिकारक ब्याक्टेरियाहरु निस्कन्छन् ।

जसले गर्दा पसिना एकदमै दुर्गन्धित हुन्छ । जसले गर्दा पूरै शरीरबाट गन्ध निस्कन्छ । शरीरको गन्धले गर्दा कतिपय अवस्थामा सार्वजनिक स्थानमा पनि लजास्पद अवस्थाका सिर्जना हुन्छ ।

तपाईं विभिन्न बाहिरका अत्तर तथा सुगन्धित स्पे्रको प्रयोग गर्नुको सट्टा घरमै घरेलु तरिकाले पनि शरीरको गन्धलाई हटाउन सक्नुहुन्छ । त्यसका लागि कागतीको प्रयोग एकदमै उपयोगी हुन्छ ।

१.कागती पानीले नुहाउने

नुहाउने पानीमा कागतीको प्रयोग गर्नुभयो भने यसले शरीरको दुर्गन्ध हटाउन सजिलो हुन्छ । तपाईं आफ्नो नुहाउने पानीमा दुई तीन चम्चा कागतीको रस मिसाउनुहोस् । तपाईं बिहान तथा साँझको समयमा नुहाउँदा यसको प्रयोग गर्न सक्नुहुन्छ । यसले शरीरको दुर्गन्ध हट्छ ।

२. सुगन्धित स्पे्रको रुपमा प्रयोग गर्ने

तपाईं एउटा स्पे्रको बोतलमा पानी लिनुहोस् र कागतीको रस मिसाउनुहोस् । यसलाई घरबाट बाहिर निस्कँदा शरीरमा स्पे्र गर्नुहोस् । यदी तपार्ईंसँग स्पे्र बोतल छैन भने पनि यसलाई थोरै हातमा लिएर शरीरमा लगाउन पनि सक्नुहुन्छ ।

३. काखीको सफाई

सबैभन्दा धेरै गन्ध काखीबाट निस्कन्छ । किनकी यो हिस्सा कपडाले ढाकिइरहन्छ साथै यहाँ पसिनाले ब्याक्टेरिया धेरै आउँछन् । त्यसैले यो अंगको एकदमै धेरै सफाईको आवश्यकता हुन्छ । यहाँ तपाई कागतीको रसले सफ ागर्न सक्नुहुन्छ । वा आधा कागती लिएर काखीमा रगडेर सफा गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved