एजेन्सी । जाँडरक्सीको लतले शारीरिक तथा मानसिक स्वास्थ्यलाई नकारात्मक असर पार्दछ । त्यसैले रक्सीको तलतल छुटाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।
कागती पानी
कुनै पनि बेला यदि रक्सी खान मन लाग्यो भने तपाईं कागती पानीको सेवन गर्न सक्नुहुन्छ । कागती पानीको सेवनले रक्सीको तलतललाई कम गर्न सकिन्छ । तर यसको सेवन पनि सिमित मात्रामा गर्नुपर्ने हुन्छ ।
कसरत
कसरतको सहयोगबाट पनि तपाईं रक्सीको तलतल कम गर्न सक्नुहुन्छ । त्यसैले यदि तपाईंलाई रक्सी पिउन मन लाग्यो भने कि कसरत गर्नुहोस् वा पैदल हिँड्न निस्कनुहोस् वा स्विमिंग पनि गर्न सकिन्छ ।
कुरा गर्ने
रक्सीको तलतल भयो भने तपाईं आफ्नो साथीभाई वा परिवारसँग कुराकानी गर्न सक्नुहुन्छ । विभिन्न अन्य कुराकानी गरेर मनमा लागिरहेको तलतलबाट ध्यान अन्यत्र केन्द्रित गर्न सकिन्छ ।
आफूलाई व्यस्त राख्ने
कुनै पनि कुराको लत वा बानी छुटाउन छ भने आफूलाई अन्य काममा व्यस्त राख्नुपर्ने हुन्छ । व्यस्तताले मानिसलाई आफ्नो लत भुलेर काममै केन्द्रित हुन सहयोग पुग्छ । यही उपाय अपनाएर रक्सीको लत पनि कम गर्न सकिन्छ ।
सकारात्मक सोंच राख्ने
जतिबेला रक्सीको तलतल हुन्छ त्यस्तो बेला आफ्नो भविश्यको बारेमा सोंच्ने र सकारात्मक सोंच राख्ने गर्नुपर्दछ । रक्सीको हानीका बारेमा पनि एकपटक गम्भीर भएर सोंच्ने र यसले परिवारमा पर्ने असरको बारेमा सोंच्ने गरेमा तपाईंलाई रक्सी नपिउँ जस्तो लाग्न थाल्छ ।
Facebook Comment
Comment