माटोको भाँडोमा पानी पिउँदा हुन्छ धेरै फाइदा

नेपालभ्युज

माटोको भाँडोमा पानी पिउँदा हुन्छ धेरै फाइदा

एजेन्सी । प्राकृतिक फ्रिजको काम गर्ने माटोको भाँडोको महत्व अहिले घटेको छ । फ्रिज नहुँदा माटोको भाँँडामा पानी चिसो बनाएर पिउने गरिन्थ्यो ।

तर अहिले फ्रिज र जारको पानी पिउने जमाना आइसकेको छ । तर माटोको भाँडोमा पानी राखेर पिउने गरेमा शरीरमा धेरै नै फाइदा प्राप्त हुन्छन् । फ्रिजको चिसोले गर्ने असरबाट पनि बच्न सकिन्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ

माटोको घैँटोमा पानी पिउने गरेमा रुघाखोकीको समस्या हुँदैन । जबकी फ्रिजको पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । माटोको भाँडोमा राखेको पानी पिउनुको अर्को फाइदा छिटो छिटो प्यास नलाग्नु । घैटोंको पानी पिउँदा खराब पदार्थ शरीर बाहिर निस्कन्छन् ।

हरेक मौसममा राम्रो

माटोको घैंटोमा राखेको पानी हामी हरेक मौसममा पिउन सक्छौं । गर्मीमा मात्र होइन तपाईंले जाडोमा पनि यसको पानी पिउन सक्नुहुन्छ । यसले चिसो हुने, टन्सिल जस्तो समस्या हुन दिँदैन ।

घैंटोको पनि म्याद सकिन्छ

पानी राख्ने माटोको घैंटोलाई तीन महिना भन्दा धेरै प्रयोग गर्नु हुँदैन । किनकी माटोमा प्राप्त हुने मिनरल तीन महिनापछि सकिन्छन् । त्यसैले हरेक तीन महिनामा घैंटो फेर्नु पर्दछ ।

माटोको घैंटो किन्दा ध्यान दिनुपर्ने कुरा

  • त्यो एकदमै चिल्लो हुनुहुँदैन । र त्यसमा कुनै प्रकारको पालिस गरेको पनि हुनुहुँदैन । रंग वा पालिस गरेको घैंटो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
  • घैंटो जति बिजाउने खालको खस्रो हुन्छ त्यति नै राम्रो मानिन्छ ।
  • घैंटो पाकेको माटोबाट बनेको हुनुपर्छ किनकी काँचो माटोबाट बनेको घैंटोमा पानी चिसो रहँदैन ।
  • पाकेको माटोले बनेको छ कि छैन जान्नका लागि त्यसलाई हल्का बजाएर हेर्ने जति धेरै आवाज आउँछ त्यति नै पाकेको हुन्छ ।
  • यदि घैंटो बजाउने बेला त्यसमा आवाज आउँछ भने त्यो फुटेको छैन भन्ने पनि बुझिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved