मोबाइल तथा ल्यापटपको ब्याट्री जोगाउने तरिका

नेपालभ्युज

मोबाइल तथा ल्यापटपको ब्याट्री जोगाउने तरिका

एजेन्सी । सानो सानो कुरामा ध्यान दिँदा पनि मोबाइल तथा ल्यापटपमा ब्याट्री लामो समय बिग्रँदैन । त्यसका लागि तपाईंले केही टिप्स पालना गर्नुपर्ने हुन्छ ।

  • मोबाइल तथा ल्यापटप छिटो छिटो चार्जरमा जोडिरहनु हुँदैन । ब्याट्री ३० प्रतिशत भन्दा तल झर्न थाल्यो भने चार्ज गर्दा राम्रो हुन्छ ।
  • कुनै पनि उपकरण चार्ज गर्दा छिन छिनमै निकाल्ने र जोड्ने गर्नु हुँदैन । यसले ब्याट्रीलाई कमजोर बनाउँछ ।
  • सधैं चार्जर उही कम्पनी वा सक्कली नै प्रयोग गर्नुपर्दछ । जथाभावी चार्जर प्रयोग गर्दा ब्याट्री चाँडै बिग्रने सम्भावना हुन्छ ।
  • प्रायः मोबाइल कम्पनीले खरिद गरेको एक वर्षसम्म ब्याट्री र चार्जरको वारेन्टी दिएका हुन्छन् । तर मोबाइललाई पानीबाट जोगाउन जरुरी हुन्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन मोबाइल नै बिग्रने डर हुन्छ ।
  • चार्ज ९९ प्रतिशत पुगेपछि निकाल्नुपर्छ । फुल चार्ज भएपछि पनि जोडिरहँदा ब्याट्री छिटो बिग्रन्छ ।
  • मोबाइल कम्प्युटर वा ल्याप्टपमा हालेर चार्ज गर्नु हुँदैन । केबलको माध्यमबाट मात्रै चार्ज गर्दा ब्याट्री छिटो बिग्रन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved