डिप्रेसनबाट छिटो छुट्कारा पाउन बिहानै गर्नुहोस् यी ५ काम

नेपालभ्युज

डिप्रेसनबाट छिटो छुट्कारा पाउन बिहानै गर्नुहोस् यी ५ काम

एजेन्सी । कैयौंपटक डिपे्रशनबाट बाहिर निस्कन एकदमै गाह्रो पनि हुने गर्दछ । त्यसैले यस्तो अवस्थामा बिहान कसरी दिनको शुरुआत गर्ने भन्ने पनि एकदमै महत्वपूर्ण र जरुरी हुन्छ ।

त्यसैले हामी तपाईंलाई पाँच सजिला कामहरु बताउनेछौं जसलाई तपाईं बिहान उठेर गर्नुभयो भने डिप्रेशन, तनाव जस्तो समस्याबाट छिटै बाहिर आउन सकिन्छ ।

१. दाँत माझ्नु

बिहान उठेर दाँत माझ्ने गर्नाले डिप्रेशनबाट गुज्रिरहेको व्यक्तिलाई राम्रो महसुस हुन सक्छ । कतिपयलाई यो सानो काम लाग्न सक्छ तर डिपे्रशनबाट ग्रसित व्यक्तिका लागि यो एकदमै आवश्यक हुन्छ । यसो गरेमा सकारात्मक सोंचको विकास हुन्छ ।

२. घामको किरण

डिप्रेशनसँग जुधिरहेका व्यक्तिहरुले बिहानीको शुरुआत घामको किरणहरुसँग गर्नु एकदमै राम्रो हुन्छ । बिहान उठेर केहीबेर घाममा बस्नाले शरीरमा भिटामिन डी पनि प्राप्त हुन्छ साथै सकारात्मक सोंचको विकास हुन्छ । घामको किरणले ह्याप्पी हर्मोनलाई बढाउने काम गर्छ । जसले गर्दा डिप्रेशनबाट बाहिर आउन सकिन्छ ।

३. बिहान छिटो उठ्ने

बिहान छिटो उठ्न पनि एकदमै जरुरी हुन्छ । किनकी बिहान छिटो उठेमा हरेक काम तपाईंको समयमै हुन्छ जसले गर्दा तनाव र हड्बडी हुँदैन । बिहान चाँडो उठ्ने गरेमा रातमा पनि समयमै निद्रा आउने गर्दछ ।

४. स्वासप्रस्वास सम्बन्धी व्यायाम

डिप्रेशनबाट बाहिर निस्कनका लागि ‘ब्रीदिंग एक्सरसाइज’ एकदमै जरुरी हुन्छ । किनकी यस्तो कसरत गर्नाले मन शान्त हुन्छ र एनर्जी बुस्ट हुन्छ । यसले दिमागी तनाव र अन्य समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।

५. बिहानको नास्ता

बिहानको नास्ता वा खाना मुख्य आहार हो । त्यसैले स्वस्थकर नास्ताबाट दिनको शुरुआत गर्नुपर्दछ । यसले दिनभर शरीरमा ऊर्जा रहिरहन्छ । सन्तुलित नास्ताको सेवन गर्नाले मधुमेह, रक्तचाप जस्ता समस्याबाट पनि बच्न सकिन्छ । त्यसैले दिनभर सकारात्मक महसुस गर्नका लागि स्वस्थ नास्ताको सेवन गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved