एजेन्सी । अनुहारलाई चम्किलो बनाउन हामी बजारमा पाइने विभिन्न सामग्री प्रयोग गर्दछौं । तर तपाईंले त्यसो नगरेर घरकै भान्साका सामग्रीबाट पनि चम्किलो छाला पाउन सक्नुहुन्छ ।
यस्ता घरेलु उपाय अपनाउँदा पैसा जोगिनुका साथै अन्य नोक्सान पनि हुँदैन ।
बेसारमा करक्यूमिन भन्ने तत्व पाइन्छ जसले छालालाई बुढो हुनबाट जोगाउने काम गर्छ । यसलाई लगाउँदा बढ्दै गरेको उमेरसँगै छालामा आउने समस्या कम गर्छ साथै छाला चम्किलो हुन्छ ।
त्यस्तै अर्को सामग्री हो मह । महमा एन्टीब्याक्टेरियल गुण पाइन्छ जसले छालामा हुने विभिन्न खाले संक्रमणबाट जोगाउने काम गर्छ । यसले अनुहारमा आएको ब्ल्याकहेड्स पनि कम गर्न सहयोग गर्छ ।
सबैको भान्सामा हुने अर्को सामग्री हो कागती । जसलाई हामीले दैनिक जीवनमा एकदमै प्रयोग गर्छौं । त्यसो त कागती अनुहारमा धेरै लगाउनु हुँदैन । तर डन्डीफोरको समस्या छ भने लगाउनु उपयुक्त हुन्छ । थोरै कागतीको रस र मह मिसाएर डन्डीफोर भएको ठाउँ वरिपरि लगाउन सकिन्छ ।
काँक्रो पनि छालाको लागि एकदमै राम्रो मानिन्छ । गर्मीमा काँक्रा खाने गरेमा डिहाइड्रेशनको समस्या पनि आउँदैन । साथै यसलाई अनुहारमा लगाउँदा छालाको चिल्लोपन कम भएर मुलायम बनाउँछ । त्यस्तै काँक्राको पातलो टुक्रा बनाएर हल्का आँखा बन्द गर्ने र त्यसमाथि राख्ने गरेमा आँखाको थकान तथा कालोपन पनि कम हुन्छ ।
Facebook Comment
Comment