यी ३ राशी भएका महिला श्रीमानका लागि हुन्छन् भाग्यशाली

नेपालभ्युज

यी ३ राशी भएका महिला श्रीमानका लागि हुन्छन् भाग्यशाली

एजेन्सी । जन्मकुन्डलीको अध्ययन गरेर ज्योतिषले व्यक्तिको स्वभाव बारे पत्ता लगाउँछन् । यसबाहेक राशीअनुसार पनि मानिसको स्वभाव र व्यक्तित्वको बारेमा थाहा हुन्छ ।

त्यस्तै विभिन्न राशीअनुसार श्रीमान श्रीमतीको सम्बन्धका बारेमा पनि अध्ययन गर्ने गर्दछन् । राशीचक्रमा कतिपय राशीका गुरु बृहस्पति हो भने कतिपयको स्वामी शुक्रलाई मानिन्छ । दुवै विवाहका कारक मानिन्छन् ।

गुरु महिलाको विवाहको कारक हुन्छ भने शुक्र पुरुषको । जन्मकुन्डलीमा गुरु बलियो हुने महिला र शुक्र बलियो हुने पुरुषको विवाह छिट्टै हुन्छ ।

त्यस्तै विवाहपूर्व जन्मकुन्डली मिलाउँदा वैवाहिक जीवनका बारेमा थाहा हुन्छ । यसरी नै तीन राशी भएका महिला आफ्ना श्रीमानका लागि भाग्यशाली हुने गर्दछन् । यिनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । आउनुहोस् ती तीन राशी भएका महिलाका बारेमा जानौं –

ज्योतिष शास्त्रलाई मान्ने हो भने पहिलो स्थानमा पर्छन् वृष राशी भएका महिला । यस राशीको स्वामी शुक्र हुन् र आराध्यका लागि देवी दुर्गा हुन् । वृष राशी भएका महिला  बुद्धिमान पनि हुन्छन् । यसबाहेक वृष राशी भएका महिला कलाप्रेमी पनि हुन्छन् । यिनीहरुको वैवाहिक जीवन सुखमय हुन्छ । साथै जीवनमा ठूलो सफलता प्राप्त गर्छन् ।

यस लिस्टमा दोस्रो स्थानमा कर्कट राशी भएका महिला पर्छन् । यस राशीको स्वामी चन्द्रमा हुन्छ भने आराध्य भगवान् शिव हुन् । कर्कट राशी भएका महिला स्वभावले शान्त र भावुक प्रकृतिका हुन्छन् ।

यस राशीका महिलाको पनि श्रीमान्सँग राम्रो सम्बन्ध रहन्छ । यिनीहरुको वैवाहिक जीवन एकदमै सुखमय हुन्छ । कर्कट राशीका महिलाले खराब परिस्थितिमा पनि आफ्ना श्रीमानको साथ दिन्छन् । उनीहरु सानो सानो कुरामा पनि विशेष ध्यान दिने गर्दछन् ।

त्यस्तै तेस्रो नम्बरमा मीन राशीका महिला पर्दछन् । मीन राशीका स्वामी देवगुरु बृहस्पति हुन् भने आराध्य श्रीहरी विष्णु हुन् । मीन राशी भएका महिला धर्मकर्ममा अत्यधिक रुचि राख्छन् ।

यस राशीका महिला आफ्ना श्रीमानलाई एकदमै माया गर्छन् । त्यसैले यिनीहरुको वैवाहिक जीवन सुखमय हुन्छ । यिनीहरु आफ्ना श्रीमानका लागि एकदमै सौभाग्यशाली हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved