वास्तुशास्त्र : ऋणको किस्ता कुन बार तिर्ने ?

नेपालभ्युज

वास्तुशास्त्र : ऋणको किस्ता कुन बार तिर्ने ?

एजेन्सी । ऋणबाट बच्ने उपायको बारेमा पनि वास्तुशास्त्रमा उल्लेख गरिएको छ । कतिपय बाध्यताका तपाईंले पनि ऋण लिनुभएको होला । हामीले ऋण त लिन्छौं तर तिर्न कतिपय अवस्थामा गाह्रो पर्छ ।

जतिसुकै कोसिस गर्दा पनि कतै न कतै पैसा तिर्न बाँकी रहेको हुन्छ । तपाईंलाई ऋणको बोझबाट कसरी बच्ने भनेर वास्तुशास्त्रमा उल्लेख गरिएको छ । कुन बारमा ऋण तिर्ने गर्दा फेरि ऋणबाट बच्न सकिन्छ भनेर वास्तुशास्त्रमा बताइएको छ ।

जहिले पनि ऋण तिर्ने बेला मंगलबार रोज्नुपर्छ भनेर वास्तुशास्त्रमा बताइएको छ । मंगलबारको दिन ऋण तिर्ने गर्नुभयो भने तपाईंको ऋण छिटै चुक्ता हुने वास्तुशास्त्रमा बताइएको छ ।

वास्तुका अनुसार घरको दक्षिण पश्चिम भागमा बनेको वासरुमले पनि व्यक्तिमाथि ऋणको बोझ बढाउन सक्छ भनेको छ । त्यसैले घरको त्यो दिशामा वासरुम नबनाएको राम्रो हुन्छ ।

वास्तुशास्त्रका अनुसार घर वा अफिसको उत्तर पूर्व दिशामा सिसा जडान गर्नु ऋणबाट मुक्ति पाउनको लागि राम्रो मानिन्छ तर काँचको फ्रेम रातो, सिन्दुर वा मरुन रंगको हुनु हुँदैन । त्यस्तै सिसा जति नै हल्का र ठूलो हुन्छ त्यति नै राम्रो मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved