अम्बानी परिवारमा शाही वस्तुहरूको चर्चा, करोडौं मूल्यका ब्यागदेखि सारीसम्म

नेपालभ्युज

अम्बानी परिवारमा शाही वस्तुहरूको चर्चा, करोडौं मूल्यका ब्यागदेखि सारीसम्म

एजेन्सी। हिजोआज भारतीय धनाड्य मुकेश अम्बानी परिवारका विलासिताका सामग्रीहरूको खुबै चर्चा भइरहेको छ । अम्बानी परिवारका घडी, झोलादेखि लिएर कपडाहरूको मूल्य पनि करोडौंसम्म पर्ने बताइएको छ।

त्यस्तै मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको घडीको चर्चा भइरहेको छ । उनले मुकेश अम्बानी कल्चरल सेन्टरमा ‘पाटेक फिलिप’ को ‘ग्रान्डमास्टर चाइम’ घडी लगाएर देखिएका थिए । एक भारतीय मिडियाअनुसार उक्त घडीको मूल्य १८ करोड भारतीय रुपैयाँ बताइएको छ।

उक्त कार्यक्रममा नीता अम्बानीले लगाएको साडीको मूल्य पनि करोडौंको भएको बताइएको छ । त्यस्तै, छोरी ईशा अम्बानी पनि उक्त कार्यक्रममा खास पहिरनमा देखिएकी थिइन् । जसको मूल्य एकदमै धेरै रहेको बताइएको छ।

रिपोर्टका अनुसार बुहारी राधिकाले लिएको ब्यागको मूल्य एक करोड ७० लाख रुपैयाँ बताइएको छ । त्यसो त अम्बानी परिवारले यस्ता महँगा सामग्रीहरू प्रयोग गरेको पहिलो पटक होइन । उनीहरू सधैं एकदमै विलासी चिजहरू प्रयोग गरेर चर्चामा आइरहेका हुन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved