एजेन्सी । धेरैजसो जोडीहरु यौनसम्बन्ध राख्न त पछि पर्दैनन् तर यसबारेमा कुरा गर्ने भन्दा लाज अनुभूति गर्छन् । धेरै जोडी आपसमा यौनसम्बन्ध बारे कुरा नै गर्दैनन् जसले गर्दा सम्बन्धमा सम्पूर्ण खुशी प्राप्त हुँदैन ।
आज हामी यहाँ तपाईंले कतिबेला आफ्नो पार्टनरसँग यौनसम्बन्धका बारेमा कुराकानी गर्न उचित हुन्छ भनेर बताउनेछौं ।
- तपाईंले यस्तो समय रोज्ने गर्नुस् जतिबेला तपाईंको पार्टनरको मुड खराब नहोस् ।
- यौनसम्बन्धका बारेमा कुरा गर्दा तपाईं लजाउनु वा अनकनाउने नगर्नुहोस् खुलेर यसबारेमा कुरा गर्नुहोस् ।
- यस्तो कुरामा छलफल गर्दा एकअर्कालाई दोष लगाउने काम गर्नु हुँदैन ।
- यस विषयमा एक दिनमै सबै कुराकानी हुँदैन । त्यसैले अलि अलि गरेर कुरालाई अगाडि बढाउनु पर्दछ । यसलाई रमाइलो र रोचक तरिकाले अगाडि बढाउन सकिन्छ ।
- यौनसम्बन्धका बारेमा कुरा गर्नाले तपाईंहरुको सम्बन्ध अझै बलियो हुन्छ साथै सम्बन्धमा जिम्मेवारीबोध पनि आउँछ ।
- यस्ता कुराले तपाईंले आफ्नो रुचि र समस्याका बारेमा जीवनसाथीसँग खुलेर कुरा गर्ने बानी बस्छ ।
- जसरी यौन सम्बन्ध शरीरका लागि आवश्यक छ त्यसरी यो स्वास्थ्यसँग जोडिएको विषय पनि भएकाले छलफल गर्नु पनि एकदमै आवश्यक हुन्छ ।
Facebook Comment
Comment