सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १० दलीय गठबन्धनको भविष्य नभएको बताएका छन् । ग्रासरुट अभियान लिएर अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा उपाध्यक्ष पौडेलले १० दलीय गठबन्धनको भविष्य नभएको बताएका हुन् ।
अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको पौडेलले बताए । ‘यो गठबन्धनबाट देशको भविष्य छैन ।’ उनले भने,‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन ।’
माओवादीका अध्यक्ष प्रचण्डले धोका दिएको उपाध्यक्ष पौडेलले बताए । ‘निर्वाचनको नतिजाअनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थिति आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको थियौं ।’ उनले भने, ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । प्रचण्डले धोका दिनुभयो ।’
आगामी दिनमा एमालेले एकल सरकार बनाउनका लागि अहिले देशभर ग्रासरुढ अभियान सञ्चालन गरिएको उपाध्यक्ष पौडेलको भनाइ रहेको थियो ।
‘अब हामीले एमालेको एकल बहुमतको सरकार बनाउने गरी अहिले अभियान सञ्चालन भएको छ ।’ उनले भने,‘अहिले एमालेका नेता तथा कार्यक्रता गाउँ-गाउँमा जानुभएको छ ।’
Facebook Comment
Comment