एजेन्सी ।
तारेको भुटेको वा बाहिरको खाना धेरै खाने गलत बानीले गर्दा कब्जियतको समस्या बढि हुने गर्छ । तपाईं यस्ता समस्याबाट छुट्कारा पाउन चाहनुहुन्छ भने यी खानेकुरा सेवन गर्न सक्नुहुन्छ ।
दही
दहीमा प्रोबायोटिक्स गुण पाइन्छ जसले पेटमा राम्रो ब्याक्टेरियालाई बढाएर कब्जियतबाट राहत दिन सक्छ ।
पानी
कम पानी पिउने बानीले पनि कब्जियत हुन सक्छ । त्यसैले दिनभर प्रसस्त मात्रामा पानी पिउनुपर्दछ जसले गर्दा कब्जियतबाट छुट्कारा पाइन्छ ।
केरा
केरा फाइबरले भरपूर हुन्छ त्यसैले यसको नियमित सेवन गर्दा कब्जियतबाट छुट्कारा पाउन सकिन्छ ।
हरियो सागपात
हरियो सागपात तथा तरकारीहरुको सेवनले कब्जियत कम हुन्छ । यस्ता चीजमा पोटाशियम तथा म्याग्नेशियम र फाइबर धेरै पाइन्छ जसले कब्जियत हटाउँछ ।
स्याउ
दिनहुँ एउटा स्याउ खाने गर्दा कब्जियत निको हुन्छ । किनकी स्याउमा फाइबर प्रसस्त मात्रामा पाइन्छ जसले कब्जियत निको हुन्छ ।
Facebook Comment
Comment