कब्जियतबाट राहत पाउन खानुपर्ने ५ चीज

नेपालभ्युज

कब्जियतबाट राहत पाउन खानुपर्ने ५ चीज

एजेन्सी ।

तारेको भुटेको वा बाहिरको खाना धेरै खाने गलत बानीले गर्दा कब्जियतको समस्या बढि हुने गर्छ । तपाईं यस्ता समस्याबाट छुट्कारा पाउन चाहनुहुन्छ भने यी खानेकुरा सेवन गर्न सक्नुहुन्छ ।

दही

दहीमा प्रोबायोटिक्स गुण पाइन्छ जसले पेटमा राम्रो ब्याक्टेरियालाई बढाएर कब्जियतबाट राहत दिन सक्छ ।

पानी

कम पानी पिउने बानीले पनि कब्जियत हुन सक्छ । त्यसैले दिनभर प्रसस्त मात्रामा पानी पिउनुपर्दछ जसले गर्दा कब्जियतबाट छुट्कारा पाइन्छ ।

केरा

केरा फाइबरले भरपूर हुन्छ त्यसैले यसको नियमित सेवन गर्दा कब्जियतबाट छुट्कारा पाउन सकिन्छ ।

हरियो सागपात

हरियो सागपात तथा तरकारीहरुको सेवनले कब्जियत कम हुन्छ । यस्ता चीजमा पोटाशियम तथा म्याग्नेशियम र फाइबर धेरै पाइन्छ जसले कब्जियत हटाउँछ ।

स्याउ

दिनहुँ एउटा स्याउ खाने गर्दा कब्जियत निको हुन्छ । किनकी स्याउमा फाइबर प्रसस्त मात्रामा पाइन्छ जसले कब्जियत निको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved