काठमाडौं महानगरको कार्यालय सर्दै, १६ विभागले एकै स्थानबाट सेवा दिने

काठमाडौं महानगरपालिकाको १६ विभागले एकै स्थानबाट सेवा दिने भएको छ। अहिले १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।

नेपालभ्युज

काठमाडौं महानगरको कार्यालय सर्दै, १६ विभागले एकै स्थानबाट सेवा दिने

काठमाडौं। काठमाडौं महानगरपालिकाको १६ विभागले एकै स्थानबाट सेवा दिने भएको छ। अहिले १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।

छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले काठमाडौं प्लाजा भाडामा लिएको छ। करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा महानगरको सबै कार्यालयहरू एकै ठाउँमा हुनेछ।

२०७२ को भूकम्पअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यालय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुली बजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ।

काठमाडौं प्लाजा भाडामा लिन नेपाल ट्रस्टसँग सम्झौता गरेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रस्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। नेपाल ट्रस्टसँग महानगरले काठमाडौं प्लाजा १० वर्ष भाडामा लिने सम्झौता गरेको छ।

सम्झौतामा पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved