यूएईसँगको खेलका सबै टिकट बिक्री,  बालबालिका र बुढाबुढीलाई घरबाटै खेल हेर्न आग्रह

लिग-२ को अन्तिम खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गर्दै छन्। यो खेल जितेमा नेपालले विश्वकप क्वालिफायर प्रतियोगिता खेल्न पाउनेछ। नेपाल र यूएईबीचको खेल बिहिबार बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

नेपालभ्युज

यूएईसँगको खेलका सबै टिकट बिक्री,  बालबालिका र बुढाबुढीलाई घरबाटै खेल हेर्न आग्रह

काठमाडौं ।  आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज विहीबार हुने नेपाल र यूएईबीचको खेलका सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

बिहीबार हुने अन्तिम खेलमा दर्शकको संख्या अत्यधिक हुने भएकाले बालबालिका र वृद्धवृद्धालाई सुरक्षित तरिकाले घरमै प्रत्यक्ष प्रसारण हेर्न क्यानले आग्रह गरेको छ।

साथै त्रिवि मैदानमा आउने दर्शकलाई पनि संयमित तरिकाले खेल हेर्न क्यानले अपील गरेको छ।

लिग-२ को अन्तिम खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गर्दै छन्। यो खेल जितेमा नेपालले विश्वकप क्वालिफायर प्रतियोगिता खेल्न पाउनेछ। नेपाल र यूएईबीचको खेल बिहिबार बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved