एजेन्सी। लियोनल मेस्सी आवद्ध पेरिस सेन्ट जर्मेइन (पीएसजी) यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
गएराती भएको खेलमा बार्यन म्युनिखसँग २-० गोलले पराजित भएसँगै समग्रमा ३-० को नतिजाले पीएसजी बाहिरिएको हो । बार्यन भने क्वार्टरफाइनलमा पुगेको छ ।
पहिलो लेगमा १ गोल खाएको पीएसजीलाई गएरातिको खेल कम्तिमा २ गोलको अन्तरले जित्नुपर्ने थियो । तर उल्टै २ गोल खाएपछि अन्तिम १६ बाटै बाहिरियो ।
बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा भएको दोस्रो लेगमा घरेलु टोलीको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । पिएसजी पछिल्ला सातमध्ये ५ वटा सिजनमा प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
गएराती नै भएको खेलमा टोटनहमसँग गोलरहित बराबरी खेलेको एसी मिलान पनि क्वार्टरफाइनलमा पुगेको छ । पहिलो लेगमा १ गोल गरेको एसी मिलानलाई अन्तिम ८ मा पुग्न बराबरी नै पर्याप्त भयो ।
Facebook Comment
Comment