पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान हुने

अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानलाई भएपनि रात्रीकालिन उडान सुरु गर्न लागिएको हो । पोखरामा रात्रीकालिन उडान गर्नको लागि केहि कम्पनीले इच्छा देखाइसकेका विमानस्थलका प्रमुख प्रमुख विक्रमराज गौतमले बताए।

नेपालभ्युज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान हुने

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान सुरु हुने भएको छ। रात्रीकालिन उडानको लागि सबै प्रविधि र जनशक्ति उपलब्ध भएका कारण उडान सुरु गर्न थालिएको विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानलाई भएपनि रात्रीकालिन उडान सुरु गर्न लागिएको हो । पोखरामा रात्रीकालिन उडान गर्नको लागि केहि कम्पनीले इच्छा देखाइसकेका विमानस्थलका प्रमुख प्रमुख विक्रमराज गौतमले बताए।

उनका अनुसार रात्रीकालीन उडानका लागि हालसम्म बुद्ध एयरले चारवटा जहाज पोखरामै रात्री विसान गर्दै उडान गर्न तालिका पेस गरेको छ।

आइएफआर कार्यान्वयनमा आएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायत अन्तर्राष्ट्रिय वायुसेवा चासो देखाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved