लिग–२ क्रिकेट : नेपालले दियो यूएईलाई २३० रनको लक्ष्य, भीमको ७० रन

नेपालले ६८ रनमा अघिल्ला पाँच विकेट गुमाएको थियो । तर भीमले पहिले सन्दीप र पछि आरिफ शेखसँग गतिलो साझेदारी गरे ।

नेपालभ्युज

लिग–२ क्रिकेट : नेपालले दियो यूएईलाई २३० रनको लक्ष्य, भीमको ७० रन

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।

यूएईस्थित दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा २२९ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेखले अविजित ४३ जोडे । प्रतिश जीसी ११ रनमा अविजित रहे ।

संकटमा परेको नेपाली इनिङ्स सम्हाल्दै भीमले नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याएका हुन् । भीमको एकदिवसीयमा पहिलो अर्धशतक हो।

कुशल मल्लले ३२ रनको योगदान गरे। छैंटौँ विकेटको लागि सन्दीप र भीमले ७६ बलमा ५० रनको साझेदारी गरेका थिए । सन्दीप २७ रनमा आउट भए ।

करण केसीले ११ बलमा १७ रनको योगदान गरे । ओपनर ज्ञानेन्द्र मल्ल ११, आसिफ शेख ६, कप्तान रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भएपछि नेपाल संकटमा परेको थियो ।

नेपालले ६८ रनमा अघिल्ला पाँच विकेट गुमाएको थियो । तर भीमले पहिले सन्दीप र पछि आरिफ शेखसँग गतिलो साझेदारी गरे ।

यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । दुवै टिमका लागि आजको खेल निकै महत्वपूर्ण छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved