लिग–२ : नेपालले यूएईविरुद्ध बलिङ गर्दै

नेपालभ्युज

लिग–२ : नेपालले यूएईविरुद्ध बलिङ गर्दै

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध बलिङ रोजेको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितेर नेपालले घरेलु टोलीविरुद्ध बलिङ गर्ने भएको हो।

यस खेलमा विजेता टोलीले २०२४ मा श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्त्वका साथ हेरेको छ ।

नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दै छन्। सन्दीप श्याम मौसम ढकालको स्थानमा खेल्नेछन्।

काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्। सर्वोच्च अदालतले नाबालिग बलात्कारको मुद्दामा विदेश जान रोक लगाएका सन्दीप बिहीबार यूएई पुगेका हुन्।

बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृति दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved