बुढासुब्बा गोल्डकप : पाँच पटकको विजेता पुलिस क्लब पराजित

काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए ।

नेपालभ्युज

बुढासुब्बा गोल्डकप : पाँच पटकको विजेता पुलिस क्लब पराजित

धरान । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३ औँ संस्करणबाट बाहिरिएको छ ।

धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २-० गोलअन्तरले पराजित भएको हो । काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच लिम्बू नै घोषित भए । उनले  १० हजार पुरस्कार प्राप्त गरे । पुलिस क्लबले दोस्रो, चौथो, पाँचौँ, १०औँ र १९औँ संस्करणको बुढासुब्बा गोल्कपको उपाधि जितेको थियो ।

बीसौँ संस्करणमा भने पुलिस क्लब उपविजेता बनेको थियो । काँकडभिट्टाले बुधबार सेमिफाइनलमा भारतको युकेएफसीसित प्रतिस्पर्धा गर्नेछ । यसअघि युकेएफसी धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

मंगलबार क्वाटरफाइनलमा एन्फा मोरङ र बङगलादेशको केबिपिएस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही फागुन २० गते फाइलन खेल हुने उक्त प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved