मेरो परिवार र मैले बेलायत आउने आशा राखेका थिएनौं । युद्धका अघिल्ला केही महिना हामीले युक्रेनमै, किभ नजिकको एउटा सानो शहर, हाम्रो गृहनगर बोयार्कामा बितायौं । हामीले चिनेका धेरै मान्छेले देश छाडिसकेका थिए, तर त्यो विन्दुसम्म मेरो सम्पूर्ण जीवन त्यहीँ थियो ।
हाम्रा दुई छोरीहरू केसेनिया र पोलिना १२ र ९ वर्षका छन् । उनीहरूलाई यहाँबाहेक अरु कतै केही थाहा छैन । मेरा श्रीमान् युद्धअघि आईटीमा काम गर्थे । युद्धपछि उनी रुसी साइबर आक्रमण र प्रचारबाजीको प्रतिरोधमा युक्रेनी प्रतिरक्षाका लागि काम गर्न थाले । हाम्रो जीवन युक्रेनमा थियो तसर्थ हामी त्यही बस्यौँ ।
छोरीहरूले हामीलाई युक्रेन छोड्न राजी गरे। बोयार्का इरपिन र बुचाको बाटोमा पर्दछ। यी दुवै शहरले यसलाई जान्दछन् । क्षेप्यास्त्र आक्रमण बरु एउटा कुरा थियो, त्यो टाढाबाट उडिरहेको हवाइजहाजजस्तो सुनिन्छ । तर, इरानी ड्रोन आक्रमण झनै खराब हुन्छन् । ती जमिनको नजिकबाट उड्छन् । ती टाउकोमाथि छोइएलाजस्तो गरी हिँड्छन्।
शरदमा संवेदनशील पूर्वाधारमाथि व्यापक आक्रमण भएका थिए । तीमध्ये धेरै ड्रोन आक्रमण थिए । धेरै मानिस मारिए, सबै चिजले काम गर्न छोडे । बिजुली गएको गयै हुन्थ्यो । छोरीहरू विरलै स्कुल जान पाउँथे । साँझ सडकमा घुम्न निस्कियो भने कुनै पनि घरको झ्यालबाट बत्ती बलेको देखिन्न थियो । साँच्चैकै भयावह अनुभूति हुन्थ्यो।
हामी डरले छटपटाएका हुन्थ्यौँ । आक्रमणका समयमा सबै जनासँगै गुडुलो पर्दै रुन, चिच्याउन थाल्थ्यौँ । बच्चाहरूका लागि यो उपयुक्त ठाउँ थिएन अब। आक्रमण शान्त भएका बेला पनि मेरी जेठी छोरीको अनुहार सधैँ भ्रमितजस्तो हुन्थ्यो । मेरी काकाकी छोरी, मेरी बहिनी टोनब्रिज केही समयका लागि बेलायतमा थिइन् । उनी भन्थिन् कि, हामी पनि उनीसँगै आए हुन्छ।
त्यो समय हाम्रा लागि भाग्यशाली नै थियो, किनकि हामीले धेरै प्रायोजक पाइरहेका थियौं, अहिले भने त्यो निकै गाह्रो छ भन्ने सुन्छु । एक दिनभित्रै हामीले प्रायोजक पायौँ, हप्ता दिनभित्रै भिसा पायौं। यति छिटो-छिटो कसरी भयो, मलाई त विश्वास नै भइरहेको थिएन।
काक्रोउसम्मको बस सीमामा १५ घन्टा रोकिएको थियो । कारण क्षेप्यास्त्र आक्रमणले सबैतिर बिजुली गएको थियो । त्यहाँबाट ग्याटविकका लागि उडान गर्यौं र हामी इंग्ल्यान्ड पुग्यौं ।
मेरो मनमा यो भावना आइरहेको थियो कि, हामी कति भाग्यमानी रहेछौैं । मलाई थाहा छ कि, सबै मान्छे असल हुँदैनन् । असल मान्छे पनि सधैं सबैका लागि असल भइरहन सक्दैनन् । तर, हामीले यहाँ सबै दयालु मानिस मात्रै पाएका छौं।
विमानस्थलमा उत्रिनेबित्तिकै हामीले घरको चाबी पायौँ र परिवारको सदस्यजस्तै भयौँ । उनीहरूले हामीलाई छोरीहरूका लागि स्कुल खोज्न सहयोग गरे ।
स्कुलका हेडटिचर पत्याउनै गाह्रो पर्नेगरी हाम्रा सहयोगी बन्न पुगे । मेरी कान्छीको अंग्रेजी यहाँ आउँदा निकै कमजोर थियो, तर शिक्षक र साथीहरूले उसलाई निकै राम्रो सहयोग गरेका छन् । छोरीहरूका लागि म यही कुरा चाहन्थे । एउटा सामान्य अवस्थामा भएको विद्यालय, अध्यापन र खेलकुद।
वयस्क भएपछि मैले मनोविज्ञानको तालिम लिएकी थिएँ । युद्धको समयमा मैले मनोपरामर्शदताका रूपमा स्वयंसेवा गरेँ । त्यतिबेला, बालबालिकामा युद्धको सन्त्रास र नकारात्मक प्रभाव भयानक थियो ।
युक्रेनमा बालबालिका चिन्तित, तनावग्रस्त र अवशादग्रस्त अवस्थामा छन् । उनीहरूको व्यवहारमा त्यो देखिन्छ । विचरा, तिनीहरू यो अवस्था किन भोग्नुपरेको र यसको सामना गर्नुबाहेक अरु केही उपाय पनि छैन भन्ने बुझ्दैनन्।
इंग्ल्यान्डको प्रभाव हामीमाथि निकै राम्रो पर्यो । सुरुमा मैले अर्किटेक्ट पढेकी थिए । जब हामी लन्डन डुल्न गर्यौं, ती भवन मैले आफ्नो आँखाले देख्न पाए, जो किताबमा पढेकी थिएँ । मलाई आफ्नै जीवन अविश्वसनीयजस्तो लागिरहेको थियो ।
हामी जहाँ डुल्न जाँदा पनि बसको माथिल्लो भागमा बस्ने गर्छौं । यी बस यति अग्ला छन् कि सबै हेर्दै हिँड्न सकिन्छ । शहरका सबै मुख्य चिजहरू सजिलै देख्न सकिन्छ ।
यहाँका सुपरमार्केटहरू हाम्रा लागि ठूला आश्चर्य हुन् । कति धेरै प्रकारका खानेकुराहरू पाइन्छन् यहाँ । ती पनि यति धेरै सस्ता कि, युक्रेनमा हामीले यस्तो कल्पना पनि गर्न सक्दैनथ्यौं । अझ तरकारीहरू कति धेरै सस्तो । अंग्रेज खाना कति राम्रो तर यो अलिक धेरै पनि हुन्छ ।
धेरै चिज त हामी घरमै पकाउँछौं। तर, यहाँको क्रिसमसले हामीलाई झनै आश्चर्यचकित बनायो । हामी डिसेम्बरमा यहाँ आइपुगेका थियौं । तर, हाम्रो आतिथ्यता गर्नेहरूले छोरीहरूका लागि ठूलो क्रिसमस ट्री बनाइराखेका थिए । उनीहरूका लागि थुप्रै उपहारहरू पनि थिए ।
यहाँ घरमा भन्दा ठूलो क्रिसमस त बाहिर नै हुँदो रहेछ । बच्चीहरूलाई पत्याउन गाह्रो भयो कि उनीहरूका लागि यहाँ यतिधेरै क्रिसमस उपहार उपलब्ध छन् । उनीहरू धेरै-धेरै खुसी थिए, खुसीले उज्यालो भएका थिए ।
पोलिना त ह्यारी पोर्टरको फ्यान नै हो । उसले लेगोको हेडविङ लगाई । यी सबै चिज कति सजिलै भए, प्रायोजन, भिसा, छोरीहरूको स्कुल र अंग्रेजी सिकाइ, र भुक्तानीका लागि सहयोग रकम । मलाई आफैँ विश्वास गर्न गाह्रो हुन्छ।
तर, जीवन सजिलो मात्रै कहाँ छ ? युक्रेनमा क्षेप्यास्त्रहरूको आवाज हवाईजहाजको आवाजजस्तो लाग्थ्यो । जहाँ हवाईजहाजहरूको आवाज क्षेप्यास्त्रहरूको आवाजजस्तो लाग्छ । जब हवाईजहाज उनीहरूको टाउको माथिको आकाशबाट उड्छन्, छोरीहरू डरले लुत्रुक्क पर्छन्।
युक्रेनमा हुँदा मैले फोनमा एउटा एप्स राखेकी थिए, त्यसले सार्वजनिक सावधानीका सूचनाहरू दिन्थ्यो । अहिले यो आदत छुटेको छ । तर, जब म कुनै पसलमा हुन्छु र यो बज्छ, मलाई यो थाहा हुन्छ कि रुसीहरू आक्रमण गर्दैछन् र युक्रेनी जनता सुरक्षित ठाउँमा भाग्न लाग्दैछन् ।
मान्छेहरू मलाई सोध्छन्–यो के हो ? म यो कुरा उनीहरूलाई सजिलै बुझाउन सक्दिनँ । मेरा श्रीमान् अझै पनि युक्रेनमै छन् र त्यहाँ अझै धेरै गाह्रो छ । भगवानलाई धन्यवाद भन्नुपर्छ कि हामी भने यहाँ आइपुग्न सक्यौं । भन्न सक्दिनँ कि, हामी कतिञ्जेलसम्म इंग्ल्यान्डमा बस्छौँ, तर बेलायतसँगको यो सम्पर्कलाई जीवनभरि उच्च प्रशंसा गरिरहने छु।
द गार्जियनबाट
Facebook Comment
Comment