उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढीको गतिमा सवारीसाधन गुडाउन नपाइने

नेपालभ्युज

उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढीको गतिमा सवारीसाधन गुडाउन नपाइने

काठमाडौं। काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको  गतिमा सवारीसाधन गुडाउन नपाइने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्थालाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि नियमावलीसंशोधन भएको हो ।

कलंकी-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, कोटेश्‍वर-भक्तपुर सडक खण्डमा पनि प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानमा आवश्यकताअनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको  जनाएको छ ।

तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना तथा कारबाही गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved