पवन मुक्तासन गर्ने विधि र यसका फाइदा

नेपालभ्युज

पवन मुक्तासन गर्ने विधि र यसका फाइदा

एजेन्सी । योग सबैका लागि फाइदाजनक छ । दिनमा थोरै समय भए पनि योग गर्नाले शारीरिक तथा मानसिक रुपमा नै स्वस्थ रहने योग गुरु रामदेवले बताएका छन् ।

यहाँ हामीले पवन मुक्तासनका बारेमा बताउन गइरहेका छौं । यसलाई गर्ने विधि र यसका फाइदाहरु जान्नुभयो भने तपाईंले पनि यो आसन सजिलोसँग गर्नुहुनेछ ।

विधि

१. सीधा सुतेर दायाँ खुट्टाको घुँडालाई छातीमा राख्नुहोस् ।

२. दुबै हातका, औंलाहरुलाई एक आपसमा बाँधेर घुँडामा राख्नुहोस् । सास बाहिर निकाल्दै घुँडालाई दबाएर छातीमा राख्नुहोस् र टाउकोलाई उठाउँदै घुँडाले नाकलाई छुनुहोस् ।

केहीबेरसम्म करीब १० देखि ३० सेकेण्डसम्म सासलाई बाहिर रोक्दै यस स्थितिमा बसेर फेरि खुट्टालाई सीधा गर्नुहोस् । यसलाई २–४ पटकसम्म गर्नुहोस् ।

३. यसै प्रकारले अर्को खुट्टाले पनि गर्नुहोस् । अन्तमा दुबै खुट्टाले एकै पटक यस अभ्यासलाई गर्नु पर्दछ । यति गर्दा एक चक्र पूरा हुन्छ । यस्ता ३ देखि ४ चक्रसम्म गर्न सक्नुहुन्छ ।

४. दुबै खुट्टालाई समाउँदै कम्मरको मालिस पनि गर्नुहोस् । शरीरलाई अगाडि पछाडि, दायाँ वायाँ पल्टाउनु पनि पर्दछ ।

फाइदा

१. यो आसन नाम अनुसारकै गुणयुक्त छ । पेटमा हुने वायु विकारको लागि यो एकदमै उत्तम हुन्छ ।

२. स्त्री रोग तथा गर्भाशय सम्बन्धी रोगहरुमा यो लाभदायक छ ।

३. अम्लपित्त, मुटुरोग, जोर्नी तथा कम्मरको पीडामा एकदमै हितकारी हुन्छ ।

४. पेटमा बढेको बोसोलाई कम गर्दछ ।

५. कम्मरमा बढी पीडा भएमा टाउको उठाएर घुँडाले नाक नछुनुहोस् । केबल खुट्टालाई दबाएर छातीलाई मात्र छुनुहोस् । यसो गर्नाले स्लिपडिस्क, साइटिका तथा कम्मरको दुखाईमा पर्याप्त लाभ पुग्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved