कपाल सुन्दर बनाउने सजिलो घरेलु मास्क

नेपालभ्युज

कपाल सुन्दर बनाउने सजिलो घरेलु मास्क

एजेन्सी । कपाललाई सुन्दर बनाउन चाहनुहुन्छ भने अब पार्लर तथा सैलुनमा धेरै पैसा खर्च गर्नु पर्दैन । धेरै महिलाले प्रयोग गरेको घरेलु तरिकाबाटै अब हुनेछ सुन्दर कपाल ।

यो घरेलु मास्क बनाउनका लागि चियापत्ती तथा करी पत्ताको आवश्यकता पर्दछ । यो मास्क बनाउने र यसका फाइदाका बारेमा जानौं ।

मास्क बनाउने सामग्री

  • चियापत्ती – २ देखि ३ चम्चा
  • करी पत्ता – सानो १ कचौरा
  • एलोबेरा जेल – १ चम्चा
  • पानी –आवश्यकताअनुसार

बनाउने तरिका

  • सबभन्दा पहिला एक देखि दुई कप पानीमा चियापत्ती पकाउनुहोस् ।
  • जब पानी आधा हुन्छ त्यसपछि चियापत्ती छानेर पानीलाई छुट्टै भाँडामा राख्नुहोस् ।
  • अब करी पत्तालाई पिसेर मसिनो पेस्ट बनाउनुहोस् ।
  • उक्त पेस्ट, चियापत्तीको पानी र एलोभेरा जेललाई मिसाउनुहोस् ।
  • कपाललाई हल्का भिजाएर यो पेस्ट कपालमा लगाउनुहोस् ।
  • कपालको जरादेखि पूरै कपालको लम्बाईसम्म उक्त पेस्ट लगाएर सुतिको कपडाले ढाक्नुहोस् ।
  • २० मिनेट पछि कपडा हटाउनुहोस् र सफा पानीले कपाल धुनुहोस् ।

मास्कका फाइदा

  • चियापत्ती तथा करी पत्तामा पाइने पोषक तत्वले कपाललाई चम्किलो बनाउँछ ।
  • यसलाई प्रयोग गर्दा कपालको रुखोपन समाप्त हुन्छ साथै कपाल मुलायम हुन्छ ।
  • कपाल झर्न तथा टुक्रिने समस्याबाट छुट्कारा पाइन्छ ।
  • कपालमा यदी चाँया छ भने पनि यो मास्क लगाउँदा फाइदा हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved