काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको हिजो बुधबार बसेको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
कक्षा १२ को परीक्षा ३० भदौदेखि ८ असोजसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर होम सेन्टरबाट परीक्षा सञ्चालन हुने उनले जानकारी दिए।
अर्यालका अनुसार यसअघि पटक पटक रोकिएको परीक्षा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको हो।
साथै, बोर्डले परीक्षाको तालिकासमेत प्रकाशित गरेको छ। यसअघि कोभिड संक्रमण जोखिमको कारण देखाउँदै दुई पटक कक्षा १२ को परीक्षा स्थगित भएको थियो।
परीक्षा तालिका
Facebook Comment
Comment