सांसदको सम्मानमा राष्ट्रपतिको रात्रिभोज, हेर्नुहोस् ५ तस्बिर

नेपालभ्युज

सांसदको सम्मानमा राष्ट्रपतिको रात्रिभोज, हेर्नुहोस् ५ तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा शनिबार आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, मन्त्रिगण, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायत विशिष्ट पाहुनाको सहभागिता थियो । रासस

तस्बिरहरूः प्रधानमन्त्रीको सचिवालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved