काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘यूईएफए असिस्ट यू–१७ महिला प्रतियोगिता २०२३’ को लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएको छ।
बिहीबार प्रमुख प्रशिक्षक भगवती राना मगरले २८ खेलाडी सम्मिलित प्रारम्भिक टोली घोषणा गरेकी हुन्। रानाको प्रशिक्षणमा नै नेपालले साफ यू–१५ महिला प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।
बङ्गलादेशमा आयोजना हुने प्रतियोगिता मार्च २०–३१ (चैत्र ६–२१) सम्म सञ्चालन हुनेछ। प्रतियोगितालाई दक्षिण एसियाली फुटबल महासंघ साफले यूईएफए एसिस्ट कार्यक्रमअन्तर्गत संचालनमा ल्याउँदै छ।
एन्फा कम्प्लेक्समा जनवरी २६–फेब्रुअरी २ सम्म खुल्ला छनोटमार्फ प्रतियोगिताको लागि खेलाडी छनोट गरिएको थियो।
प्रारम्भिक टोली:
गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा)
डिफेन्डरः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाली)। दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा)
मिडफिल्डरः रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकास कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) पुनम चेम्जोङ (पाँचथर) फरवार्डः सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली), कविता गुरुङ (रौतहट)
Facebook Comment
Comment