सीआईबी अनुसन्धान : स्पट फिक्सिङका लागि १० लाखसम्मको प्रस्ताव

लिगमा कुल कति रकमको बेटिङ भयो भन्ने विवरण आउन बाँकी छ। अनलाईनमार्फत  अन्तर्राष्ट्रिय स्तरमा पनि ठुलो रकमको बेटिङ भएको आशंका गरिएको छ।

नेपालभ्युज

सीआईबी अनुसन्धान : स्पट फिक्सिङका लागि १० लाखसम्मको प्रस्ताव

काठमाडौं। नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको प्रारम्भिक अनुसन्धानमा नेपाल टी–२० लिगमा स्पट फिक्सिङको लागि प्रत्येक खेलमा खेलाडीलाई ६ देखि १० लाख रुपैँया सम्मको प्रस्ताव आएको खुलेको छ।

मङ्लबार आयोजित पत्रकार सम्मेलनमा आदिल अन्सारी लगायतका खेलाडीले स्पट फिक्सिङको लागि एक खेलमा ६ देखि १० लाख रुपैँया सम्मको प्रस्ताव पाएको सीआईबीले जनाएको छ। ब्युरोले खेलाडी वा खेलसँग सम्बन्धीत व्यक्तिको बैंक खातामा सो रकम कारोबार भएको वा नभएकोबारे जाँच गरिरहेको छ।

सीआईबीको अनुसार खेलाडीहरुलाई प्रत्यक्ष रुपमा भेटेर वा अप्रत्यक्ष रुपमा मेसेज वा सामाजिक संजालबाट स्पट फिक्सिङको लागि प्रस्ताव पठाउने गरिएको थियो । अहिलेसम्म फिक्सिङमा क्यानको संलग्नता नपाइएको तर लिग संचालनको क्रममा क्यानले उचित ध्यान दिन नसकेको सीआइबीले जनाएको छ ।

साथै लिगमा कुल कति रकमको बेटिङ भयो भन्ने विवरण आउन बाँकी छ। अनलाईनमार्फत  अन्तर्राष्ट्रिय स्तरमा पनि ठुलो रकमको बेटिङ भएको आशंका गरिएको छ।

सीआईबीले छानविन तथा प्रारम्भिक अनुसन्धानको क्रममा भेटिएको तथ्य सार्वजनिक गरेको हो। 

अनुसन्धानमा स्पट फिक्सिङमा नेपाली ४ जना तथा ६ विदेशीको संलग्नता पुष्टि भइसकेको छ ।  आदिललाई एक नो बल र एक वाईड बल फाल्ने प्रस्ताव आएको र उनले प्रदर्शनमा सोही अनुसार गरेको देखिएको सीआईबीले जनाएको छ। अन्य ४–५ खेलमा स्कोरकार्डको आधारमा खेलको विष्लेषण गरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved