काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीति एल्बम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन गरेका छन्।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गीति एल्वम र शार्दुल अंक-४ को विमोचन गरे।
कार्यक्रममा ओलीले जनताको आवश्यकता र जनताले देखाएको बाटोमा हिँड्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। उनले अरुलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको साहित्यिक सिर्जना हुनुपर्नेमा पनि जोड दिए।
पूर्वजले छन्द, कलाकारिताका रङ, संगीतको सुर र ताल पत्ता लगाएकाले आजको समयमा साहित्यको सदुपयोग गर्न सकेको उनले बताए। राजनीतिक विषयले भन्दा संगीतले समाज र मानिसलाई बदल्न सजिलो हुने उनको भनाइ थियो। उनले एल्बममा भएका देशभक्ति गीत एमालेको मात्र नभएर सबै नेपालीको रहेको बताए। उनले विकासका गीत गाउँदा सामाजिक जागरण गराउने खालका हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा एल्वममा रहेका गीतमा स्वर दिएका कालाकारलाई नगदसहित सम्मान गरिएको थियो।
Facebook Comment
Comment