कांग्रेस मुख्यालयमा दलित संघको धर्ना

नेपालभ्युज

कांग्रेस मुख्यालयमा दलित संघको धर्ना
फाइल फाेटाे

काठमाडौं। नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनःस्थापना गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएका छन्।

बुधबार संघले पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौती भएका दलितका अधिकार पुनःस्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो।

पार्टी महाधिवेशन केन्द्रित भएका बेला आफूहरुमाथि अन्याय भएको उनीहरुको भनाइ छ। धर्नामा सहभागीहरुले आफ्ना मागका बारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने जनाएका छन्।

आफूहरुको माग पूरा नभए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved