न्यायाधीशहरूले इजलास परित्याग गर्दा १ हजार ४९ मुद्दा प्रभावित

नेपालभ्युज

न्यायाधीशहरूले इजलास परित्याग गर्दा १ हजार ४९ मुद्दा प्रभावित

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले गरेको इजलास परित्यागबाट १ हजार ४९ ओटा मुद्दा प्रभावित भएका छन्। न्यायाधीशहरूको परित्यागका कारण चार दिनदेखि दैनिक पेशी तोकिए पनि इजलास बस्न  सकेको छैन।

कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीश राणाको शैली र नियत ठिक नभएको र उनको नेतृत्व स्वीकार नगर्ने भन्दै न्यायाधीशहरुले इजलास परित्याग गर्दै आएका छन्। यसअघि प्रधानन्यायाधीश राणाले केही माग पूरा गरिसकेका छन्।

हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि दिने विषयमा सहमति भएको छ। तर, न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।

प्रधानन्यायाधीश आफैँले एकल इजलास तोकी आफ्नै बचाउ गर्दै आएका छन्। अरू इजलासमा सुनुवाइ हुन नसके पनि प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा सुनुवाइ गरी अदालतको अवहेलना, बन्दी प्रत्यक्षीकरण र कालोबजारी तथा अन्य केही सूकरसम्बन्धी मुद्दामा आदेश जारी गर्दै आएका छन्।

यसलाई न्यायाधीशहरूले मुद्दा नहेरेपछि आफ्नो एकल इजलास राखेर मुद्दा हेर्दै अरूमाथि दबाब बढाउने प्रयासका रूपमा न्यायाधीशहरुले लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved