कति जना मन्त्री राख्ने भन्नेमा छलफल जारी छ : डा.भट्टराई

नेपालभ्युज

कति जना मन्त्री राख्ने भन्नेमा छलफल जारी छ : डा.भट्टराई

काठमाडौं।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीको शपथसँगै अन्य केही मन्त्रीहरूको पनि शपथ गर्नेगरी सत्ता गठबन्धनको बैठकमा छलफल जारी रहेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित बैठकस्थलबाट बाहिरिने क्रममा डा.भट्टराईले छलफल जारी रहेकाले केहीबेरमै टुंगो लाग्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले आज शपथग्रहण गर्नुहुन्छ, । सत्ता गठबन्धनमा रहेका दलहरूबाट अहिले एकएक जना मन्त्री पठाउने कि बढी पठाउने भन्ने छलफल भइरहेको छ । छलफल राम्रो ढंगले भइरहेको छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved