श्रीमतीको कुटाइबाट श्रीमानकाे मृत्यु, श्रीमती पक्राउ

घरायसी विवादमा श्रीमती ३६ वर्षीय सुशीला विकले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीको टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

नेपालभ्युज

तनहुँ । तनहुँ शुक्लागण्डकमा श्रीमतीको कुटाइबाट श्रीमान्को मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षीय सुशीला विकले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीको टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी–४ प्रगति टोलमा बस्दै आएका उनीहरूबीच बुधबार राति विवाद भएको थियो।

श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका मनबहादुरको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो प्रहरी नायव उपरीक्षक खड्काले बताए। सुशीलालाई पक्राउ परेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved