काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबरायले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघााट गरेका छन् ।
बुधबार परिवारसहित नेपाल घुम्न आएका अभिनेता ओबराय र अध्यक्ष प्रचण्डबीच बिहीबार अपराह्न भेटवार्ता भएको दाहालका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
उक्त भेटघाटमा युवापुस्ताका चर्चित नायक विवेक ओवराय पनि सहभागी थिए ।
उनिहरुबिचको भेटघाटको तस्विरलाई प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहनेछन् । नेपाल बसाइँका क्रममा उनले पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरा घुम्ने कार्यक्रम रहेको बताइएको छ ।
उनले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र पनि घुम्नेछन् ।
उनीहरुबीचको भेटवार्तापछि दाहालले आफ्ना स्वकीय सचिव छोरी गंगा र नातिनी स्मितालाई पनि सँगै राखेर सामूहिक तस्बिर खिचाएका छन् ।

Facebook Comment
Comment