लिग २ क्रिकेट : स्कटल्याण्डविरुद्ध नेपाल ११९ रनमा सीमित

टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कप्तान रोहित पौडेल वाहेक कुनै पनि खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कप्तान पौडेल ४७ रन बनाएर आउट भए । 

नेपालभ्युज

लिग २ क्रिकेट : स्कटल्याण्डविरुद्ध नेपाल ११९ रनमा सीमित

काठमाडौं। विश्वकप क्रिकेट लिग २ मा स्कटल्याण्डविरुद्ध नेपालले कमजोर ब्याटिङ गरेको छ । नेपाली टोली १५ ओभर अगाडी नै ११९ रनमा अलआउट भएको छ ।

यूनाईटेड क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कप्तान रोहित पौडेल वाहेक कुनै पनि खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कप्तान पौडेल ४७ रन बनाएर आउट भए ।

सोमपाल कामीले १६ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन बनाए भने सातजना खेलाडी दोहोरो अंकको स्कोर बनाउन समेत असफल रहे ।

विश्वकप छनोटको मुख्य आधार रहेको नेपाल अब दौडबाट बाहिरिइसकेको छ । यस्तै खेल जारी रहे नेपालले एकदिवसीय मान्यता समेत गुमाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved