काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने तयारी गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने सिफारिश गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिले प्रस्तावित लाभांश २६ औं वार्षिक साधारणसभामा लैजाने भएको छ ।
साधारणसभा प्रयोजनको लागि ३ पुसमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । २९ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागि हुन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीको प्रस्तावित लाभांश २६ औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ

Facebook Comment
Comment