चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने

नेपालभ्युज

चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने तयारी गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई  लाभांश वितरण गर्ने सिफारिश गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्तावित लाभांश २६ औं वार्षिक साधारणसभामा लैजाने भएको  छ ।

साधारणसभा प्रयोजनको लागि ३ पुसमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । २९ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागि हुन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीको प्रस्तावित लाभांश २६ औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved